एजेन्सी- अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परेर कम्तीमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प जाँदा अन्य दर्जनौँ घाइते भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

घर भत्किएर पुरिँदा अधिकांशको मृत्यु भएको हो । भूकम्पबाट बादघिज प्रान्तको क्वादिस जिल्ला सबैभन्दा बढी प्रभावित छ । भूकम्पमा परेर पाँच महिला र चार बालबालिकासहित २६ जनाको मृत्यु भएको बादघिज प्रान्तका प्रवक्ता बाज मोहमदा सरवारेले जानकारी दिएका छन् । 

भूकम्पमा परी ७०० भन्दा बढी घर भत्किएका छन् । दर्जनौँ व्यक्ति घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अफगानिस्तान बारम्बार भूकम्पको चपेटामा पर्दै आइरहेको छ । सन् २०१५ मा ७.५ रेक्टरको भूकम्प आउँदा करिब २८० जनाले ज्यान गुमाएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार