एजेन्सी- भारतमा बितेकाे २४ घण्टामा २ लाख ५८ हजार ८९ जना काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार याे संख्या अघिल्लाे दिनकाे तुलनामा १३ हजार ११३ ले कम हाे । अघिल्लाे दिन २ लाख ७१ हजार २ सय २ संक्रमित थपिएका थिए । 

बितेकाे २४ घण्टाकाे अवधिमा ३८५ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।  यहि अवधिमा १ लाख ५१ हजार भन्दा धेरै संक्रमणमुक्त भएका मन्त्रालयले साेमबार जानकारी दिएकाे छ । अघिल्लाे दिन भारतमा ३१४ जना काेराेना संक्रमितकाे ज्यान गुमेकाे थियाे ।

अहिले भारतमा १६ लाख ५६ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या ८ हजार २०९ रहेकाे छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार