काठमाडौं- पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोभिड १९ संक्रमित थपिएका छन् । २० हजार  ५६० नमुनाको परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज तीन जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

त्यस्तै आज ३०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार