एजेन्सी- फिजीमा आँधीका कारण ४ हजार ६ सय ३० जना विस्थापित भएका छन् । उनीहरूलाई देशका विभिन्न ठाउँमा बनाइएका १ सय ६२ शिविरमा राखिएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले १ सय १५ शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ र उत्तरी भागमा पाँच शिविर बनाइएको पनि अधिकारीहरूले जनाएका छन् ।
'उनीहरूलाई शिविरमै राख्ने भन्ने होइन, विस्थापित भएकाहरूलाई जति सक्दो चाडो हामी आफ्नै घर फर्काउन चाहन्छौँ,' एक सरकारी अधिकारीले भने ।
विस्थापित भएकाहरूलाई अस्थायी बसोबास, खानसँगै न्यूनतम अत्यावश्यक सेवाहरू पनि उपलब्ध गराइने उनीहरूको भनाइ छ । हरेक वर्षको नोभेम्बरदेखि अप्रिलसम्ममा फिजिमा आँधी आउने र ठूलो जनधनको क्षति हुने गरेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...