ताप्लेजुङ- गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि गएको हेलिकोप्टर रिक्तै फर्किएको छ । 

अल्टिच्युट एयरको हेलिकोप्टर पापुङको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि हिउँमा फसेका बाबुछोरा बसेको स्थानको भेउ नपाएपछि सुकेटार विमानस्थल फर्किएको हो । उक्त क्षेत्रको मौसम बिग्रिएकाले आइतबार पुनः प्रयास गर्नेगरी सुकेटारमै राखिने मिक्वाखोला गाउँपालिका-५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । 

जिल्लाको मिक्वाखोला गाउँपालिका ५ पापुङ सिम्बुकका अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षका छोरा पासाङ लोदेन खर्क आसपासका उनीहरू चौंरी गोठ सार्ने क्रममा हिउँमा फसेका थिए । 

शनिबार बिहान टेलिफोन गरेर हेलिकोप्टरबाट आफूहरूको उद्धार गरिदिन अध्यक्ष शेर्पालाई अनुरोध गरेका थिए । उहिले उनीहरूसँग सम्पर्क स्थापित हुन नसकेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार