सप्तरी- एक सातायता तराईमा बढेको शितलहरबाट जोगिन यहाँका दलित र विपन्न परिवार पुवार (परालको माथिल्लो भाग) को भर पर्दै आएका छन्। डस्ना र सिरक किन्ने हैसियत नभएका परिवार जाडो छल्न पुवारको ओछ्यान बनाएर सुत्दै आएका छन् ।
विष्णुर गाउँपालिका–६ की ६० वर्षीया किसनी देवी सदाका अनुसार सिंगो बस्ती नै जाडोबाट जोगिन यस्तै गरिरहेको छ । उनले भनिन्, ‘ओढ्ने जे जे ओढे पनि ओछ्यान भने पुवार नै प्रयोग भइरहेको छ ।’
स्थानीय ५० वर्षीय कारो सदा पनि जाडो महिनाभर यसरी नै बित्ने गरेको बताउँछिन् । ‘हामी जस्ता दलित विपन्नलाई जाडो छल्न कहिलेकाही संघसंस्थाहरूले ओढ्ने वितरण गरेर सहयोग गरे पनि ओछ्याउने कसैले दिदैनन् । केटाकेटीदेखि बुढाबुढी सबै यसरी नै सुत्छौं ।’
बिहानदेखि बेलुकासम्म चिसो हावा चल्ने, मुटु काम्ने जाडोबाट जोगिन पुस्तौ पुस्तादेखि पुवार प्रयोग गर्दै आएको सोही वडाका वडा अध्यक्ष बहादुर सदाले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...