जुम्ला- पछिल्लो समयमा चन्दननाथ नगरपालिका फोहोर व्यवस्थापनमा जुटेको छ । नगरपालिकाले वडा नम्बर २ को दुनादुनैमा फोहोर व्यवस्थापनको अस्थायी ल्याडफिडको व्यवस्थापन अगाडी बढाएपछि फोहोर व्यवस्थापनमा जुटेको हो । दुनादुनैमा अल्पकालीन फोहोर व्यवस्थापन भएको र दीर्घकालीन व्यवस्थापनको तयारीमा लागेको नगरपालिकाले बताएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले फोहोर व्यवस्थापनमा अबको पहिलो लक्ष्य फोहोर व्यवस्थापन रहेको बताए । उनले नगरको फोहोर व्यवस्थापनका लागी अभियानको रूपमा नगरपालिका लाग्ने बताए । उनले यसको लागी सबै सरोकारवाला निकाय र नगरवासीलाई अनुरोध गरिएको बताए । अहिले नगरपालिकाले बजार क्षेत्रमा रहेको फोहोर सरसफाइ अभियान थालेका छ ।
नगरपालिकाको लामो समयदेखिको समस्या फोहोर व्यवस्थापन स्थान सुचारु भएको र फोहोर थुप्रिन नदिने उनले प्रतिबद्धता गरे । यो अभियानमा जनप्रतिनिधिको अगुवाइमा, स्थानीय नागरिक समाज सञ्चार माध्यमाको सहयोग आवश्यक भएको छ ।
नगरपालिकाले चाडै आफ्नो भवन बिस्तारको काम सम्पन्न गर्ने भएकाले सबै काम एक घरबाट सेवा दिने लक्ष्यसमेत रहेकोछ । उनले प्रदेश सरकारका केही योजना सम्झौता गरेर अगाडि बढेका र अन्य विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्ने र चाडै समीक्षा सुरु गर्ने, सूचना प्रकाशन र प्रसारणलाई बढवा दिने बताए । नगरपालिकामा अबको समृद्धिको काममा सहकार्य गर्न सबैलाई अपिल गरे ।
नगरपालिकाका प्रशासन प्रमुख लक्ष्मी न्यौपानेले मिडिया सहकार्य महत्त्वपूर्ण भएकाले प्रवर्धन गर्न समेत आवश्यक रहेको बताए ।
सफाइ अभियान र फोहोर व्यवस्थापन अभियान थालेकाले घरायसी कर एक र व्यवसायी कर मासिक तीन सय तोकिएको छ । नगरपालिकाको राजश्व परामर्श समितिको निर्णय अनुसार कर शुल्क निर्धारण गरेको बताइएको छ ।
पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले नगरको समृद्धि र विकासमा जुम्लाको मिडियाको तर्फबाट सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...