काठमाडौँ – उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले लकडाउन खुकुलो बनाउने तयारी गरेका छन् । 

कोरोना नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरूको आज बस्ने बैठककले लकडाउन खुकुलो बनाउने तयारी गरेका हुन् । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने बताएका हुन् ।

पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरू पुगेका छन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउने बारे तयारी गरिएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार