मुगु- अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामीले प्रहरीसँगको बयानमा आफू पाँच दिन जंगलका गोठहरूमा लुकेर बसेका बताएका छन् ।
उनले आफूलाई अपहरण नगरिएको तर डरले जंगलको गोठमा लुकेर बसेको बताएका छन् ।
चन्द्रबहादुर सामान्य अवस्थामा भेटिएको र अहिले पनि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी आज फेला परेका हुन् ।
चन्द्रबहादुरले मंसिर ५ गते मल्ललाई भगाएर लगेका थिए । त्यसको २४ दिनपछि एक समूह आएर युवतीलाई फिर्ता लगेको थियो । त्यसै दिनदेखि चन्द्रबहादुर पनि सम्पर्कविहीन भएका थिए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन दिएको थियो ।
बाटोमा हिँड्दै गरेका क्रममा उनलाई खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...