कास्की- बालकको लिङ्गमा रबर बाँधेर यातना दिने महिलालाई ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

ओछ्यानमा पिसाब फेर्छ भन्दै कास्कीको पोखरा महानगरपालिका, १५ स्थित न्यूलाइफ स्कुलमा बस्ने ६ वर्षीय बालकको लिङ्गमा रबर बाँध्ने वार्डेन जानुका नेपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिकाविरुद्धको कसुरमा जाहेरी परेपछि नुवाकोट घर भई पोखरा-१४ बस्ने २७ वर्षीय जानुकालाई पक्राउ गरिएको हो । 

रबरले लिंग बाँधेपछि लामो समयसम्म पिसाब फेर्न नपाएका बालक कक्षा कोठामै रोएपछि घटना बाहिर आएको हो । 

लामो समयसम्म पिसाब फेर्न नपाएपछि ती बालकको पेट समेत सुन्निएको पाइएको थियो ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार