कास्की- बालकको लिङ्गमा रबर बाँधेर यातना दिने महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
ओछ्यानमा पिसाब फेर्छ भन्दै कास्कीको पोखरा महानगरपालिका, १५ स्थित न्यूलाइफ स्कुलमा बस्ने ६ वर्षीय बालकको लिङ्गमा रबर बाँध्ने वार्डेन जानुका नेपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिकाविरुद्धको कसुरमा जाहेरी परेपछि नुवाकोट घर भई पोखरा-१४ बस्ने २७ वर्षीय जानुकालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ परेकी महिलालाई जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान जारी राखेको उनले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...