बैतडी- बैतडीको पुर्चौडी हाटस्थित बसन्तपुर तथा खडिखेत बजारमा तीन बर्षअघि सुदूरपश्चिम प्रदेश सरकारले सुरू गरेको बृहत् खानेपानी आयोजना अलपत्र परेको छ । उपभोक्ता समितिको लापर्वाहीका कारण आयोजना निर्माण अलपत्र बन्दा यहाँको खानेपानी समस्या तत्काल समाधान नहुने देखिएको छ । 

बृहत् खानेपानी आयोजना बारे उपभोक्ता समिति जिम्मेवार नबन्दा योजना अलपत्र परेको एमाले नेतासमेत रहेका स्थानीय कर्णबहादुर कुँवरले बताए । उनले भने, ‘हाट बृहत् खानेपानी आयोजना निर्माण गर्नेगरी बनेको उपभोक्ता समिति नै गलत भयो । खानेपानीको धेरै जरुरत हाटमा  क्षेत्रमा छ । तर, खानेपानीको उपभोक्ता नै नभएका वडा-७ का व्यक्तिलाई अध्यक्ष बनाइयो । अर्को ठाउँको व्यक्तिलाई यहाँको समस्याबारे के मतलब ?

अहिलेसम्म ट्यांकीको नाममा पिल्लर मात्रै ठड्याएको छ । त्यो पनि जिर्ण भै भइसकेको छ । केही ठाउँमा पाइप जडान गरिएको भए पुराना भइसकेका छन्प । केही पाइप त चोरी भैसकेको स्थानीयको भनाइ छ । 

पुर्चौडी नगरपालिकाकै मुख्य बजारका रुपमा रहेको बसन्तपुर तथा  खडीखेत बजार नजिकै त्रिवेणी नदी छ । बजारको फोहोर यही नदीमा फालिदै आएका छन् । तर, कुनै सभा समारोह हुँदा तथा मेला लाग्दा अस्थाइ पसलेहरूले यही फोहोर नदीको पानीलाई खानेपानीका रुपमा प्रयोग गर्छन् । 

नगरपालिकाकी उपमेयर जानकी ऐर बमका अनुसार खानेपानी आयोजनामा काम गरेका मजदुरहरूले समेत ज्याला पाएका छैनन् । यहाँका महिलाले बिहान रोटी मात्रै खाएर दिनभर काम गरेका हामीले देखेका छौ‌' उनले भनिन्, 'तर सुको ज्याला पाएका छैनन् । यस बिषयमा पोहोर मैले खानेपानी डिभिजन कार्यालयका प्रमुखसँग कुरा गरेँ र उहाँ आफै यता आएर काम सञ्चालन गर्नुभयो । तर उक्त काम एक महिना पनि चलेन् ।' अहिले नयाँ समिति बनाएर काम सञ्चालन गर्न भनि ताकेता गरेको उनले बताइन । 'एउटाले बिगारेको काममा अब कसले  हात हाल्छ ?' उनले भनिन् 'पानीको मुहान कोटिला र बढी उपभोक्ताहरु रहेको हाटका मानिस भेला गराई हरहिसाब बुझाएर नयाँ समिति बनाएर काम गर्नुको विकल्प छैन् ।’ विगतमा पाँच जना कोठामा बसेर समिति बनाएकाले यो समस्या आएको उपप्रमुख बमको भनाइ छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार