काठमाडौं- काठमाडौंको आज बिहानको तापक्रम ३.२ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौंमा ३.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
हिजो विहान ६ बजे काठमाडौंमा ३.६ डिग्री सेल्सियस रहेको थियो ।
आज दिउँसो काठमाडौंको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने मौसम विभागले छ ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । यद्यपि, हिजोको तुलनामा केही कम छ । मध्याह्नसम्म उक्त हुस्सु र कुहिरो हट्ने छ ।
यो वर्ष २.६ डिग्री सेल्सियससम्म तापक्रम झरिसकेको छ । आज उच्च पहाड र हिमाली क्षेत्रका केही भागमा हिमपातको सम्भावना रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...