काठमाडौं- रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । मल्लको शुक्रबार नयाँ बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा ८८ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्याइएका मल्लको उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो ।
करिब ३ सयजति नाटकमा अभिनय गरेका मल्ल लेखन तथा निर्देशनमा पनि सक्रिय थिए । रंगमञ्चसम्बन्धी उनका पुस्तकहरू पनि प्रकाशित छन् । उनी वीरगञ्जमा देखाइएको रामलीलापछि १० वर्षकै उमेरमा अभिनयमा आकर्षित भएका थिए ।
उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान संस्थापक उपकुलपति पनि हुन् ।
मल्लले बालकृष्ण समसँग रहेर नाट्ययात्रा अघि बढाएका हुन् । मल्लले समकै निर्देशनमा अमरसिंह, भीमसेनको अन्त्य, प्रह्लाद, राजेन्द्रलक्ष्मी जस्ता नाटकमा अभिनय गरे ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...