एजेन्सी - भारतमा पञ्चायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलितलाई निर्घातपूर्ण रूपमा कुटेका छन् । दतिलकै कारण आफू पराजित भएको भन्दै पन्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई निर्धात कुटेका हुन् । दलितहरुले आफूलाई मतदान नगरेको उनले आरोप लगाएका छन् । 

दुबै जना दलितहरूले मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् । सिंहले दलितलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भाइरल भिडियोमा सिंहले दुई जना कथित दलित समुदायका व्यक्तिकाे गर्धन समाएर सडकमा लक्षारपछार गरेको देखिन्छन् । 

घटनापछि सिंहलाई प्रहरीले पक्राउ गरेको छ । दलितलाई उनले दुर्व्यवहार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार