लमजुङ- जिल्लास्थित विपद व्यवस्थापन समितिको बैठकले बाढी र पहिरोका कारण पूर्ण प्रभावित भएका लाभग्राहीलाई नम्बरसहित सूचीकरण गर्ने निर्णय गरेको छ । लमजुङका बाढीपहिरो प्रभावित डेढ वर्षपछि लाभग्रामी सूचीमा सूचीकृत भएका छन् । 

बाढीपहिरोका कारण पूर्णक्षति भएका मर्स्याङदी गाउँपालिकाको १८ र मध्यनेपाल नगरपालिका अन्तर्गतका १८ परिवारलाई लाभग्राही नम्बरसहित सूचीकरण गर्ने निर्णय भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । 'लमजुङमा गतवर्ष आएको बाढी र पहिरोबाट पूर्ण क्षतिपुगेका घरपरिवार प्रभावित बनेको डेढ वर्षपछि बल्ल लाभग्राही सूचीमा सूचीकृत भएका छन् । मनसुनजन्य विपदबाट निजी आवास प्रवलीकरण तथा पुनर्निर्माणका लागि लाभग्राहीको अनुसूची फारमलगायतका कागज प्राप्त भएका तथा पूर्णक्षतिमा परेका दुई स्थानीय तहका ३६ घर परिवारलाई लाभग्राही नम्बर कायम गर्ने निर्णय भएको हो ।' उनले भने ।

जिल्लास्थित विपद व्यवस्थापन समितिको बैठकले अघिल्लो वर्षको जेठदेखि गत असोजसम्म विपदबाट पूर्ण क्षति भएका प्रभावितलाई प्रवलीकरण तथा पुनः स्थापनाको निम्ति लाभग्राही नम्बरसहित सूचीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी वैद्यले मर्स्याङदी र मध्यनेपालबाहेक अन्य बेसीसहर, राईनास, दोर्दी र दूधपोखरी गाउँपालिकाबाट हालसम्म लाभग्राहीको अनुसूची फारम प्राप्त नभएको भन्दै तत्काल माग गर्ने निर्णय गरेको बताए ।  

बाढी र पहिरोले क्षति पुर्‍याएको दुई वर्ष हुनलाग्दा पनि प्रक्रियागत रुपमा आवश्यक कागजपत्र नआउँदा पुनर्निर्माणको काम अघि बढ्न नसकेको हो । स्थानीय तहले यसलाई विशेष चासो नदिएका कारण पुननिर्माणमा ढिलाई भएको बाढीपहिरो पिडितले बताएका छन् । बाढी र पहिरोका कारण डेढ वर्षदेखि घरबारविहीन बन्दै आएका पीडितहरू सरकारले अनुदान नदिँदा अहिलेसम्म निजी आवासको काम अघि बढाउन सकेका छैनन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार