सप्तरी- सप्तरीको लालापट्टी गाउँपालिकामा अज्ञात रोगका कारण पशु चौपाया मरिरहेका छन् । एकसय २० पशु चौपाया दुई साताको अवधिमा मरेपछि स्थानीयवासी चिन्तित रहेको स्थानीय विजय पण्डितले बताए।
स्थानीय रामलखन यादवका अनुसार पशु चौपाया र्याल आउने, काप्ने, घाँस पानी नखाने र अन्तिममा मर्ने गरेका छन् ।
'दुई साताअघि देखि चौपायाको मुखबाट र्याल आउने, काप्ने, छट्पटाउने, घाँस र पानी नखाने, खुट्टा सुनिने, खुट्टा र मुखमा घाउ आउने, पेट फुल्ने र झोक्रिएर बस्ने जस्ता लक्षण देखिने गरेका छन् र अन्त्यमा मर्ने गरेका छन्' उनले भने ।
‘गंगटा जस्तो लक्षण देखिएको छ र सोही लक्षणअनुसार हामीले समान्य औषधि चलाइरहेका छौुं छिन्नमस्ता गाउँपालिकाका पशु शाखाका प्रमुख चन्द्रनारायण पण्डितले भने ।
तर, अहिले औषधि सकिएका कारण समस्या भएको र औषधिका लागि सम्बन्धित निकायमा माग गरिएको उनले बताए । त्यहाँबाट टोली पठाउने भनेको भए पनि अहिलेसम्म नआएकाले समस्या भएको उनको भनाइ छ ।
औषधीको लागि गाउँपालिकामा जानकारी गराए पनि अझैं उपलब्ध नगराउँदा रोग नियन्त्रण गर्न समस्या भइरहेको प्रमुख पण्डितको छ ।
स्थानीय दिनेश यादवले किसानको आशा र भरोसा नै पशुचौपाया भएको भए बताउँदै समस्या पर्दा पनि स्थानीय सरकार गाउँपालिका लगायका सम्बन्धित निकाय संवेदनशील नभएको आरोप लगाए ।
यता लालापट्टी गाउँपालिकामा अज्ञात रोगका कारण पशु चौपाया मर्न थालेपछि नजिकका छिमेकी गाउँ सखडा, गोविन्दपुर लगायतका क्षेत्रका किसानहरू त्रसित छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...