दाङ- दाङस्थित तुलसीपुर कारागारमा १ सय जना कैदीबन्दीले रक्तदान गरेका छन् । रगत अभावलाई टार्न कारागारभित्र रक्तदान गरिएको हो ।

'पर्खालभित्र रहे पनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ' भन्ने ध्येय राखेर रक्तदान गरिएको कैदीबन्दी सन्दीप खड्काले बताए । कारागार प्रशासनको अगुवाइमा रक्तदान कार्यक्रम भएको हो ।

कारागारमा ५ सय २५ कैदीबन्दी छन् । ३१ महिला र चार आश्रित बालबालिका पनि कारागारमा छन् । 

कैन्दीबन्दी सीप विकाससँगै सामाजिक र मानवीय सेवामा लागेको तुलसीपुर कारागारका प्रमुख अमरबहादुर ओलीले बताए । कैदीबन्दीले गरेको रक्तदान उदाहरणीय रहेको उनले बताए । 

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेका अनुसार हाल  दाङमा मासिक रुपमा ४ सय ५० युनिट रगत खपत हुने गरेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार