सिमकोट- गाउँपालिकाले लामो समयदेखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिमकोट बजार र आसपासका सडक दुर्गन्धित बन्दै गएका छन् । सिमकोट बजारको फोहोर संकलन गरेर फोहोर ट्याक्टर भाडामा लिएर बुराउसे र बरगाउँ जाने सडक छेउमै फाल्नाले सडक दुर्गन्धित भएको हो ।
बजार क्षेत्रमा ट्र्याक्टरमा संकलन भएर ल्याएको फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) भए पनि सिमकोट गाउँपालिकाले सडक किनारमा फोहोर चिसामूल क्षेत्रमा जथाभाबी फाल्नाले सो क्षेत्रको सडक दुर्गन्धित भएको सिमकोट गाउँपालिका–६ का स्थानीय जौका रोकायाले बताइन् ।
जिल्ला सदर मुकाम सिमकोट आहुने एक ठाउँमा मात्र नभई चार–पाँच ठाउँमा फोहोर फाल्नाले डेढ सय मिटर वरपरको क्षेत्र दुर्गन्धित भएको छ । सडकछेउमै ट्र्याक्टरमा लगिएको फोहोर फालिँदा पैदल तथा गाडीमा यात्रा गर्ने यात्रुलाई सो क्षेत्र प्रवेश गर्दा नाक थुनेर जानुपर्ने अवस्था छ ।
सिमकोट गाउँपालिकामा अहिले एक दर्जन सफाइ कर्मचारी र सफाइका लागि ट्याक्टर भाडामा लिएता पनि बजार र सडकको सरसफाइको नाममा कुनै काम हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय डाक्टर नवीन रोकायाले दुखेसो पोखेका छन् ।
गएको कार्तिक महिनाको अविरल वर्षाका कारण डम्पिङसाइट जाने सडक पहिरोले भत्काएको र डम्पिङसाइट नै पहिरोले लगेका कारण फोहोर विसर्जन गर्न समस्या भएकाले अन्यत्र कतै फोहोर फाल्ने स्थान नभएकाले संकलित फोहोर सडक छेउमा फाल्नै पर्ने बाध्यता रहेको गाउँपालिकाले जनाएको छ ।
फोहोर विसर्जन क्षेत्र नजिक घर भएका स्थानीय धन्जोक लामाका अनुसार फोहोर विसर्जनका लागि डम्पिङसाइट भए पनि उक्त स्थानमा फाल्ने नगरिएकाले त्यसलाई व्यवस्थापन गरेर फोहोर डम्पिङसाइटमै फाल्ने व्यवस्था गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको भएता पनि एक हप्ताभरि बजार क्षेत्रमा जम्मा भएको फोहोरलाई सिमकोट गाउँपालिकाले दुई वर्षदेखि ट्र्याक्टरबाट फाल्ने कार्य गर्दै आएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...