एजेन्सी - इथोपियामा खाद्य वितरणका लागि लगिएको सामाग्री लुटेराहरूले लुटेपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले वितरण कार्य रोक्का गरेको छ । सशस्त्र विद्रोही टिग्रयान फौजका कार्यकर्ताले लुटपाट गरेपछि डब्लूएफपीले वितरण कार्यक्रम रोकेको हो । समूहका कार्यकताहरूले कोम्बोल्चा सहरमा बन्दूक तेर्साएर डब्लूएफपीका कर्मचारीलाई नियन्त्रणमा लिएकोसमेत राष्ट्रसंघले जनाएको छ ।
नियन्त्रणमा लिएपछि लुटेराहरूले अत्यावसेकीय खाद्य सामाग्री चोरिदिएका थिए । सशस्त्र टिग्रयान फौज र सरकारी सेनाबीचको द्वन्द्वका कारण उत्तरी इथोपिया लामो समयदेखि भोकमरीको चपेटामा परेको छ । एक वर्ष लामो गृहयुद्धका कारण त्यहाँका ९० लाख मानिस खाद्यन्न अभावबाट बन्चित छन् ।
खाद्यन्न लुटेपछि कर्मचारीलाई दुर्व्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । ‘कर्मचारीमाथिको दुर्व्यवहार असह्य छ । लुटपाटले अत्यावसेकीय क्षेत्रमा खाद्यन्न वितरण गर्ने राष्ट्रसंघको अभियानलाई नजरअन्दाज गरेको छ ,’ राष्ट्रसंघका प्रवक्ताले भनेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...