काठमाडौँ- भारतीय जेलमा बिना सुनुवाइ ४० वर्षसम्म राखिएका इलामका दुर्गाप्रसाद तिमिल्सनालाई क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरु प्रकाश श्रीवास्तव र राजर्षी भारद्वजको संयुक्त इजलासले बुधबार तिमिल्सिनालाई तत्काल नेपाली आठ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको हो ।

अदालतले उक्त रकम ६ साताभित्र तिमिल्सिनाको खातामा पठाइसक्न पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

हत्याको अभियोगमा ४० वर्षअघि पक्राउ परेका तिम्सिनालाई गत वर्ष चैतसम्म  बिना सुनुवाइ पश्चिम बंगालका विभिन्न जेलहरूमा राखिएको थियो ।

गत वर्ष उच्च कलकत्ता अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो ।

रिहा भएका तिम्सिना गत चैतमा इलामको आफ्नै घरमा फर्किएका थिए ।

लामो समय जेल जीवन बिताएका उनलाई परिवार र समाजसँग घुलमिल हुन समस्या भएकाले अहिले विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको छ । 


 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार