काठमाडौँ - आजबाट बाघ गणना हुने भएकाे छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुन्जको सौराहा सेक्टरबाट बाघ गणना शुरू गर्ने भएकाे हाे । बाघ गणना योजनाको नाम राष्ट्रिय बाघ गणना २०२२ राखिएको छ ।
नेपालमा पर्सा राष्ट्रिय निकुन्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा बाघ रहेका छन् । जसमा सबैभन्दा बढी चितवनमा छन् । गणनाका लागि बाघ पाइने ५ वटा निकुन्ज र बाहिरको क्षेत्र समेटेर ३ वटा कम्प्लेक्स बनाइएको छ । यो गणनामा बाघको संख्या २ सय ५० को हाराहारीमा पुग्ने अपेक्षा गरिएको छ ।
पहिलो गणना १९९५ मा नेपालमा २१ बाघ रहेकोमा सन् २०१० मा बाघको संख्या १ सय ५० पुगेको थियो ।
गत चैतको गैडा गणनामा खटिएका गणकलाई हात्तीले आक्रमण गरी घाइते बनाएकाले यसपटकको प्राविधिकको सुरक्षामा बिशेष ध्यान दिइने भएको छ । असुरक्षित स्थानमा म्याम्प बनाउनै पर्ने अवस्था आए सेनासँगको सहकार्य र पर्याप्त हात्तीको प्रयोग गरिने राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...