भक्तपुर- भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण गरेको छ । स्थानीय नगरबासी आर्थिक सहयोग तथा श्रम योगदानमा नगरपालिकाले खोह्र दीप ध्वाखा र छिपा ताँ निर्माण गरेको हो । 

पालिकाले बिहीबार खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मौलिक शैली एवं परम्परागत शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँ उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको सहयोगमा निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएकोे बताए । उनले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको अपनत्व र समर्पणभावको प्रशंसा गरेका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने र स्थानीयको अपनत्व रहने बताए । खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ बायाँ सहायक द्वार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणमा ४९ लाख ९५ हजार नौ सय ७४ रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको बताए ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार