काठमाडौँ- स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ । हात्तीस्थान फाउन्डेसन समिटले पुस १५, १६ र १७ मा स्याङ्जा गल्याङकोटदेखि १३ किमि उत्तरमा रहेक स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान-तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो । 

करिब साढे सात सय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीन तले तामेकोट दरबार रहेको ईतिहास रहेको छ । अझैं पनि दरबार र ऐतिहासिक ढुङ्गाका अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको बताइन्छ ।

राजा यौनलिप्त भएर राज्यप्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापति अर्थमसँग मिलेर राज्य संचालन गरेको कथन रहेको फाउन्डेसनका अध्यक्ष शिवशंकर बस्यालले बताए। पछि भयकोट, चन्द्रकोट र पैयुकोट गरि तीन भुरे राज्यले संयुक्त हमला गरि तामेकोट राज्य नियन्त्रणमा लिएको लोककथा स्थानीयमाझ प्रचलनमा रहेको छ । 

उक्त ऐतिहासिक दरबार पुनर्निर्माणका लागि फाउन्डेसनको पहलमा महोत्सव गर्न लागिएको जानकारी बस्यालले दिए । करीब १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिवद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको जानकारी फाउन्डेसनले दिएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार