हुम्ला- सिमकोटमा आज बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि नेपालगञ्जबाट सिमकोट विमानस्थलमा आउने उडान सेवा बन्द भएको छ ।

हिमपातका कारण चिसो अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन् । 

त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण प्रभावित भएको छ ।

हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न र सानातिना काम गर्न पनि कठिन भएको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार