संखुवासभा- संखुवासभाको पाँचखपन नगरपालिका–५  बाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–५ खमारेका ५६ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक जीवन कुमार गौतमले जानकारी दिए । 

प्रहरी निरीक्षक गौतमका अनुसार राईले विना लाइसेन्स भरुवा बन्दुक लुकाएर राखेको गोप्य सूचनाका आधारमा खमारे बाट पक्राउ गरिएको बताए । 
जिल्ला प्रहरी कार्यालय संखुवासभा र इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले राईलाई मंगलबार पक्राउ गरेको हो ।

बन्दुकसहित पक्राउ परेका राईमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार