बागलुङ- कालीगण्डकी करिडोर बागलुङ–कुश्मीसेरा खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक बालक घाइते भएका छन् ।

बागलुङ  नगरपालिका–१४ नारायणस्थानको कैयाबाट सरंगीको लागि छुटेको ध१च ३६० नम्बरको ट्याक्टर करिडोरको बलेवा कुश्मीसेरा खण्डको ठेउघरको भीरबाट तल खस्दा दुई युवाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परी जैमिनी नगरपालिका–१ भण्डारा बस्ने शिव केसीको छोरा १२ वर्षीय सुदिप केसी घाइते भएका छन् । केसीलाई उपचारको लागि पर्वत अस्पताल कुश्मा लगिएको स्थानीय भरत शर्मा पौडेलले जानकारी दिए । ट्याक्टरमा चालकसहित चार जना सवारी थिए । चालक बागलुङ नगरपालिका-१३ पाउजा बस्ने अन्दाजी २५ वर्षीय विष्णु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ ।  

शव भीरको अफ्ठ्यारो ठाउँमा अड्किएको हुँदा निकाल्न र पहिचान गर्न कठिन भएको छ । इलाका प्रहरी कार्यालय बलेवाको टोलीले शव निकाल्न नसकेपछि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल लागेको छ ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार