मुस्ताङ- चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेका हुन् । उक्त बस्तीका दुई वटा वडा गरी १५० घरधुरीमा बिजुली बत्ती बालिएको हो।
नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्तिम बस्ती हुन् । अहिले लोमान्थाङको ३ र ४ नम्बर वडामा पनि वायरिङको काम चलिरहेको छ । लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको पाँच वटावटा वडामध्ये एक वडा बाहेक अन्य सबैमा विद्युतीकरण भइसकेको छ ।
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सीमावर्ती गाउँमा विद्युत् सुविधा भएपछि स्थानीयवासीमा खुसि भएका छन् ।
चालू आर्थिक वर्षभित्र नै उपल्लो मुस्ताङका दुई वटा गाउँपालिकाको सबै बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा बिस्तार गर्ने तयारीसहित काम भइरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...