जाजरकोट-जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस  जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ  । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार