जुम्ला- पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ ।  महिनावारी  तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई  ढाकाटोपी र पछ्यौरा ओढाएर सम्मान गरिएको हो ।

वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने तथा अरुलाई बस्न प्रेरित गरेको भन्दै उनीहरूलाई हौसलास्वरूप  सम्मान गरिएको हो । 

कर्णाली प्रदेशको जुम्लामा कूरीतिका रूपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको पातारासी गाउँपालिकाले छुई गोठमुक्त अभियान थालेको छ ।

गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाई सँगै राखेर सचेत गराउँदै महिनावारी भएको वेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जोगाएको हो ।

जुन अभियान अहिले सार्थक बनिरहेको छ । महिनावारी भएका बेला गाईको गोठमा बस्ने  परम्परा तोडेको भन्दै पातारासीको दुई वडाका तल्फीगाउँ, पेरे गाउँ, धोप  गाउँ छुइगोठ मुक्त गरिएको छ । 

महिनावारी भएका बेला  गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले आग्रह गरे । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार