चितवन- नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज शनिबारबाट सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन शुक्रबार चितवनस्थित नारायणी नदी किनारमा भएकामा बन्दसत्र आज सौराहामा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र बिहान १० बजेबाट सुरु हुनेछ ।  बन्दसत्रको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ । एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेता आएका छन् ।

बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले केन्द्रीय कमिटीको शुक्रबार रातिको बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी, ९९ सदस्यीय पोलिट्ब्युरो बन्ने छ भने स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।

सचिवालयको आकार बढाएर १९ सदस्यीय बनाइएको छ ।  अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव एक/एक जना हुनेछन् भने  उपाध्यक्ष ६ जना रहनेछन् । 

उपमहासचिव र सचिवको संख्या क्रमशः ३ र  ७ कायम गरिएको छ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार