जुम्ला- जुम्लाका स्थानीय तह रेडपाण्डा संरक्षणमा जुटेका छन् ।
रेडपाण्डाको संरक्षणका लागि गैरसरकारी संस्था कर्णाली हातेमालो सेवा समाज जुम्ला र सिंजा, तातोपानी र पातारासी गाउँपालिका जुटेको हो ।
वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेखण्डमा वा ओसारपसार गरेको पाइएमा १ देखि १० वर्षसम्म कैद वा एकदेखि पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने गरेको छ ।
यद्यपि रेण्डपाण्डा संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै सङ्ख्या कम हुनु यसका प्रमुख चुनौती रहेका छन् ।
यसको संरक्षणका लागि सामुदायिक वनका पदाधिकारीलाई सचेतना दिने काम भइरहेको छ ।
उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपाण्डाको आयु आठ देखि १० वर्षसम्म हुने गरेको छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म गर्भाधान हुने महिनाको रुपमा लिइन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...