काठमाडौँ- नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको जहाज स्यालसँग ठोक्किएको छ ।
त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको एटिआर-७२ जहाज बुधबार साँझ सात बजेरतिर नेपालगञ्ज विमानस्थलमा स्यालसँग ठोक्किएको हो ।
प्रहरीका अनुसार विमानमा सवार यात्रु सकुसल रहेका छन् भने विमानमा सामान्य क्षति भएको छ ।
यसअघि पनि नेपालगञ्ज विमानस्थलको धावन मार्गमा सीता एयरको जहाज बदेलसँग ठोकिएको थियो ।
उक्त घटना पछि विमानस्थल वरीपरीको झाडी समेत सफा गरिएको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...