काठमाडौँ- चरम गरिबी र मानवअधिकारका लागि राष्ट्रसङ्घीय विशेष प्रतिवेदक 'ओलिभिए डे स्वतर' नेपाल आउने भएका छन् ।

गरिबी उन्मूलनका लागि सरकारले गरेका प्रयासहरूको समीक्षा गर्न उनले आगामी सोमबारदेखि नेपालको ११ दिने भ्रमण गर्ने भएका छन् ।

उनले कोरोनाको महामारीसँगै बाढीपहिरोबाट प्रभावित नेपाल क्रमशः पुरानै अवस्थामा फर्कने लाग्दा सबैभन्दा जोखिममा रहेका व्यक्तिहरूको संरक्षणका लागि संवैधानिक प्रावधानहरूको कार्यान्वयनतर्फ अग्रसरता बढाउन अभिप्रेरित गर्ने तथा सामाजिक सुरक्षा प्रणालीको पर्याप्तताको समीक्षा गर्ने छन् ।

प्रतिवेदक डे स्वतर काठमाडौँ, कर्णाली तथा लुम्बिनी प्रदेशका साथै प्रदेश २ मा आयोजना हुने नीतिगत गोलमेच छलफल तथा वैठकहरूमा सहभागी हुनेछन् । 

राष्ट्रसङ्घीय मानवअधिकार परिषद्ले दुईवर्षअघि उनलाई चरम गरिबी र मानवअधिकारसम्बन्धी राष्ट्रसङ्घीय विशेष प्रतिवेदक नियुक्त गरेको हो ।   
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार