काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।फिफाले सोमबार सार्वजनिक गरेको ‘द बेस्ट फिफा’ अवार्डको मनोनयनमा पुरुषतर्फ साविक विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी परेका छन् ।
लेवान्डोस्कीसँगै लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, केभिन डे ब्रुएन, अर्लिङ हालाण्ड, जोर्गिन्हो, एन्गालो कान्टे, केलियन एमबाप्पे, नेइमार र मोहमद सलाह मनोनयमा परेका हुन् ।
यस्तै महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् ।
स्वीडेनकी स्टिना ब्लाकस्टेनियस, स्पेनकी आइटाना बोनमाटी, इङ्ल्याणकी लुसी ब्रोन्ज, स्वीडेनकी म्याग्डालेना एरिक्सन, नर्वेकी क्यारोलिन ग्राहम ह्यान्सेन, डेनमार्ककी पेर्निल हार्डर, स्पेनकी जेनिफर हर्मोसो, कोरियाकी जी सोयुन, अष्ट्रेलियाकी साम केर, नेदरल्याण्डकी भिभियान मिडेमा, स्पेनकी एलेक्सिया पुटेलास, क्यानडाकी क्रिस्टीन सिन्क्लेयर र इङ्ल्याण्डकी एलेन ह्वाइट मनोनयमा परेकी हुन् ।
फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्बरसम्म रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...