बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जन्ती बाेकेका डडेल्धुरा घर भएका ४० वर्षीय जिप चालक दीपक मालीकाे पनि मृत्यु भएपछि ज्यान गुमाउनेकाे संख्या ६ पुगेकाे हाे ।
उनकाे उपचारका लागि डडेल्धुरा अस्पताल लाने क्रममा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खडकाले जानकारी दिए ।
आइतबार राति साढे आठ बजे दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर सोही नगरपालिका-६ सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दुर्घटना भएको थियाे । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियाे ।
दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीष राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ५८ वर्षका खेमसिंह कार्की, ६५ वर्षका प्रेमबहादुर चन्द र तारासिंह थापाको घटनास्थलमै मृत्यु भएको थियाे ।
गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका ६ का ५८ वर्षका हर्कबहादुर चन्दकाे उपचार भइरहेकाे छ । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...