शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आफ्नो पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार क्लबले विजयी सुरुवात गरेको हो ।
थ्री स्टारका लागि खेलको २२ औँ मिनेटमा निशान खड्काले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको २६ औँ मिनेटमा च्यासलले खेल बराबरीमा ल्याउने मौका पाएको थियो । थ्री स्टारका डिफेन्डर अनन्त तामाङले विकासलाई पेनाल्टी क्षेत्रमा लडाएपछि च्यासलले पेनाल्टीको पाएको थियो ।
तर, नेपाली मुलका इटालियन फरवार्ड विकास मेराग्लियाको पेनाल्टी प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाएपछि च्यासलले खेल बराबरी ल्याउने मौका गुमायो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...