जुम्लाको पातारासी गाउँपालिकास्थित ल्होर्प–उर्थु सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पातारासी गाउँपालिका–७ रिनी निवासी ४६ वर्षीया दन्दकली बोहोरा रहेका छन् । पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग१झ ५८८४ बलेरो पिकअफ दुर्घटना भएको हो । घाइतेको सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...