काठमाडौँ- तीन दिनयता काठमाडौँ उपत्यकासहित देशभर घमाइलो घाम लाग्न सकेको छैन । अबर सागरमा बनेको निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेको हो । यसले चिसो मात्र बढाएको छैन, प्रदूषण पनि बढाएको छ । छिटपुटबाहेक पानी पनि पर्न सकेको छैन ।

अब कहिलेबाट मौसममा सुधार हुन्छ रु न्युज कारखानाले मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरलाई सोधेको छ । 

जवाफमा उनले भनिन्, 'निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिन्छ, भोलिबाट मौसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्को सिस्टम नआउला भन्न सकिँदैन ।' 

हिउँदयाममा बदली, तुवाँलोको समस्या बढ्दै जाने उनले बताइन्  ।

बिहान काठमाडौं उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आँकलन महाशाखाले गरेको छ ।  'प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ । पूर्वतिर क्रमश सुधार हुँदै जान्छ,' उनले भनिनन्, 'तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ ।'

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार