विराटनगर - जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ ।

जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।

'प्रेसर लो' भएपछि उनलाई कोसी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए ।

शर्मा २०७१ यता जबरजस्ती करणीको मुद्दाको कैद भुक्तान गरिरहेका थिए ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार