काठमाडौं- राजधानी काठमाडौंसहित मुलुकभर चिसो बढेसँगै प्रदूषण पनि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा बनेको निम्न चापीय प्रणालीका कारण मौसम बदली हुँदा घाम लाग्न नसकेको र यसले चिसोसँगै प्रदूषणसमेत बढाएको महाशाखाको भनाई छ ।
निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिने र भोलिबाट मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ । देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाई यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन मशाशाखाले अनुरोधसमेत गरेको छ ।
आज देशका अधिकांश भू-भागमा वदली भई उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावान रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
बिहान काठमाडौं उपत्यकामा हल्का घाम लागे पनि दिउँसो फेरि बदली हुने आँकलन महाशाखाले गरेको छ। प्रदेश १ र २ का केही क्षेत्रमा सुधार आइसकेको छ । पूर्वतिर क्रमश: सुधार हुँदै जान्छ । तर मध्य नेपाल र पश्चिममा हल्का घाम लागे पनि बदली भइरहने देखिन्छ।
बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...