मुगु- मुगुमा एक बालिका बिहीबारदेखि बेपत्ता भएकी छन् ।

जिल्लाको खत्याड गाउँपालिका-४ का प्रकाश थापा की ६ वर्षीया छोरी रियाना थापा पौडी खेल्ने क्रममा बिहीबारदेखि बेपत्ता भएकी हुन् । 

बिहीबार ४ बजे तिर आफ्नै घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक  सुवास हमालले बताए । 

उनका अनुसार बिहीबारदेखि माझचौर प्रहरी पोस्टका प्रहरी र घर परिवार तथा स्थानीयहरूले खोज तलास गरिरहेका छन् । लगातार खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार