धनुषा- ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषामा प्रहरीले ७५ वर्षीय एक साधुलाई पक्राउ गरेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ को इच्छापुरको एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई मन्दिर प्राङ्गणमा कुनामा लगेर जबर्जस्ती करणी गरेका थिए ।
साधु ३/४ दिनदेखि मात्रै सोही मन्दिरमा बस्दै आएका थिए ।
पीडित परिवारको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको थियो अहिले बालिकाको उपचार भइरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...