तेह्रथुम- तेह्रथुममा गोरुले कुल्चिँदा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको छथर गाउँपालिका ३ पन्चकन्यामा बिहीवार दिउँसो करिब ३ बजे गोरुले एक वृद्धालाई कुल्चिँदा मृत्यु भएको हो ।

घरमै घाम ताप्दै बसिरहेको बेला बिक्रीका लैजाँदै गरिएको गोरुले एक्कासी कुल्चिदा ८८ बर्षाका भुवानिमाया लिम्बूको मृत्यु भएको  स्थानीय चीनकुमार लिम्बूले जानकारी दिए ।

मृतक लिम्बुको शवलाई पोस्टमार्टमका लागि धनकुटा पठाइएको शुक्रबारे प्रहरी चौकीले जनाएको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार