एजेन्सी- चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको छ ।
चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको हो ।
सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ ।
भुटानी भूमिमा नयाँ बस्ती निर्माणले भारत चिन्तित बनेको भन्दै उसले बषौंदेखि आफ्नो परराष्ट्र सम्बन्ध नीति समीक्षा गर्न दिएको सुझाव गम्भीरतापूर्वक नलिएको आरोप भारतीय सञ्चार माध्यमहरुले लगाएका छन् ।
भारतले भुटानी सेनालाई बारम्बार तालिम दिँदै आएको छ ।
ती गाउँ सन् २०२० को मेदेखि सन् २०२१ को नोभम्बरसम्म निर्माण गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...