काठमाडौं- विश्वकप छानोटमा दक्षिण कोरियाले इराकमाथि ३–० गोलको सहज जित निकालेको छ। समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।
दक्षिण कोरियालाई जित दिलाउन ले जेइ–सुङ, सन ह्युङ–मिन र जयोङ ओ–योङले समान एक–एक गोल गरे ।
यसै समूहको अर्काे खेलमा इरानले सिरियामाथि ३–० गोलको जित हात पारेको छ । इरानको जितका लागि सरदार अजमोन, हसन हजसाफि र अली गोलीजादेशले समान एक–एक गोल गरे । जितसँगै शीर्ष सथनमा रहेको इरानले ६ खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानको दक्षिण कोरियाको १४ अंक छ । तेस्रो स्थानको यूएईले ६ अंक जोडेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...