ईलाम-  ईलाममा आफ्नै दाईको चक्कु प्रहार गरी हत्या गर्ने भाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका-१ चाँपगैरीका ३० वर्षीय चक्र मुखिया रहेका छन् । उनले ३५ वर्षीय इच्छा मुखियालाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य विवाद भएपछि चक्रले चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका इच्छाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले सोमबार साँझ उक्त घटना भएको खबर पाउने बित्तिकै हत्यामा प्रयोग भएको चक्कुसहित उनलाई पक्राउ गरेको हो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार