काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दको आंशिक प्रभाव देशभर देखिएको छ । सार्वजनिक सवारी साधन न्यून संख्यामा चलेका छन् । 



सार्वजनिक सवारी साधन कम चल्दा यात्रुहरुले सास्ती पाएका छन् । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधन भने चलिरहेका छन् । 


बन्दका कारण काठमाडौं उपत्यकाबाहिरबाट आएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् ।सरकारले काठमाडौं उपत्यकामा सुरक्षाकर्मीहरूको उपस्थिती बढाएको छ । 


सरकारले पेट्रोलियम पदार्थमा लगातार मूल्यवृृद्धि गरेपछि विभिन्न राजनीतिक दल तथा  संघसंस्थाले सरकारी उक्त कदमको विरोध गर्दै आएका छन् । 





 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार