मुगु- मुगुको गमगढी बजारमा भीषण आगलागी हुँदा हुँदा २१ घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । राति साढे १२ बजेतिर आगलागी सुरु भएको नष्ट भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतलेले जानकारी दिए । 

आगो निभाउने प्रयास अहिले पनि जारी रहेको महतले बताए । उनले आगलागीमा मानवीय क्षति भएकाे जानकारी अहिलेसम्म प्राप्त नभएकाे बताए । 

आगो नियन्त्रणमा लिन जोडिएका घरहरू भत्काइएको छ । जोडिएका घर रहेको बस्तीमा भएको आगलागी निभाउनका लागि पर्याप्त स्रोत साधन नहुँदा समस्या भएको प्रमुख जिल्ला अधिकारी महतले बताए । 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए । 'ठूलाे आगाे लगभग नियन्त्रणमा लिएका छाैँ', उनले भने, 'निभाउने काम अहिले पनि जारी छ ।' आगलागीकाे कारण अहिलेसम्म खुल्न सकेकाे छैन । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार