एजेन्सी- सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि क्रोएसिया छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत गए राति रुसलाई १–० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा क्रोएसियाको जितमा आत्मघाती गोल निर्णायक बन्यो । रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेका थिए  । यो जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा स्थान बनाएको हो ।

क्रोएसियासँग पराजित भएपछि रुसले भने विश्वकपमा स्थान बनाउन प्लेअफ खेल्नुपर्ने भएको छ । शीर्ष स्थानको क्रोएसियाले १० खेलमा २३ अंक जोड्यो ।  दोस्रो स्थानको रुसले १० खेलमा २२ अंक जोड्यो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार